Aamsanchar

भरतपुर १९ मा साउन २० गते निर्वाचन

Author Image
मङ्गलवार, साउन १७, २०७४

चितवन :

चितवनको भरतपुर महानगरपालिका १९ मा साउन २० गते चुनाव हुने भएको छ।

जेठ १४ गते राति मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको भरतपुर १९ मा सर्वोच्च अदालतको आदेश अनुसार पुन मतदान हुन लागेको हो।  आइतबार सर्वोच्च अदालतले पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि मंगलबार मिति तोक्ने विषयमा सर्वदलीय छलफल आयोजना गरिएको थियो।

बैठकले साउन २० गते निर्वाचनको निर्णय गरेको नेपाली कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले जानकारी दिए।  निर्वाचन आयोगले मंगलबारदेखि नै आचारसंहिता लागू हुने पनि बताएको छ।

उक्त नगरपालिकामा एमालेका तर्फबाट देवी ज्ञवाली र माओवादी तर्फबाट रेणु दाहाल मेयर पदका उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर