इनरुवा ।
सुनसरीको चतरास्थित सप्तकोशी नदीमा नुहाउन गएका एक युवकलाई खोलाले बगाएकामा अहिलेसम्म फेला पार्न सकिएको छैन ।
बराह नगरपालिका–१ चतराघाटस्थित सप्तकोशीको सानोभँगालोमा ट्युब लिएर पौडी खेल्न गएका उदयपुर बेलहा नगरपालिका–७ बस्ने १८ वर्षीय मणिकुमार राईलाई खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।
घटनाको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा युवकको खोजी शुरु गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 143