Aamsanchar

प्रजातन्त्रको मेरुदण्ड नै स्वतन्त्र न्यायपालिका :कानुनमन्त्री थापा

Author Image
बुधवार, साउन १८, २०७४

पोखरा।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रजातन्त्रको मेरुदण्ड नै स्वतन्त्र न्यायपालिका भएकाले यसको गरिमा बढाउने गरी काम गर्ने दृढता व्यक्त गर्नुभएको छ ।

उच्च अदालत बार इकाइद्वारा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले स्वतन्त्र न्यायपालिकाको गरिमा बढाउन सके मात्रै गरेका कामले आपूmलाई सन्तुष्टि दिने धारणा राख्नुभयो ।

न्यायालयमा जनताको पहँुच बढाउँदै लगिनुपर्नेमा जोड दिँदै मन्त्री थापाले न्यायाधीशको सेवा सुविधा र वृत्तिविकास मात्र नभई न्यायिक क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि आफूले पहल गर्ने बताउनुभयो ।

बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा लागेको स्मरण गराउँदै उहाँले स्वतन्त्र, निष्पक्ष र निर्भिक भएर न्याय सम्पादनमा न्यायमूर्ति लागे न्यायालयको गरिमा बढ्दै जाने विचार व्यक्त गर्नुभयो ।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुडालले चुस्त, दुरुस्त र छिटोछरिटो न्याय सम्पादनमा न्यायकर्मीहरु निरन्तर लागिरहने प्रण गर्नुभयो । कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्ण थापाले न्यायाधीश नियुक्तिदेखि सरुवा–बढुवामा पारदर्शिता आवश्यकता रहेको बताउनुभयो ।

बारका अध्यक्ष दयाराम गौतम, न्यायाधीवक्ता ईश्वरी बञ्जाडे, अधिवक्ता सोम श्रेष्ठ, गोविन्द पौडेल, शिव वाग्लेलगायतले न्यायिक क्षेत्रका बारेमा बोल्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 234

प्रतिक्रिया (०)

सम्बन्धित खबर