Aamsanchar

ताप्लेजुङमा पहिरोले घर भत्कियो

Author Image
बुधवार, साउन १८, २०७४

ताप्लेजुङ ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० भालुगौडेमा पहिरो जाँदा एक घर भत्किएको छ ।
पहिरोका कारण अरु तीन घर जोखिममा परेका छन् । सुकेटार–भालुगौडे सडक खण्ड नजिकैको कृष्णबहादुर भट्टराईको घर सडकबाट खस्न थालेको पहिरोले भत्काएको स्थानीय टेकमान भट्टराईले जानकारी दिए ।

राति करिब साढे एक बजे पहिरो झर्न सुरु भएपछि भट्टराईको परिवार भने भागेर जोगिएको बताइएको छ । पहिरोले नरबहादुर भट्टराई, टेकमान भट्टराई र भक्तिहाङ फुरुम्बु लिम्बुको घर पनि जोखिममा परेका छन् ।

Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर