Aamsanchar

दश परिवारलाई विस्थापित बनायो बाढीले

Author Image
मङ्गलवार, असार ७, २०७३

झापा, ७ असार । सोमवार रातिदेखि  परेको वर्षाका कारण झापामा १० परिवार विस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडले दिएको जानकारी अनुसार बिर्तामोड नगरपालिका–९ नदियावारीका १० घर डुवानमा परेसंगै _MG_1947उनीहरु विस्थापित भएका हुन् । प्रहरीका अनुसार लेखनाथ चौधरी, विनोद ऋषिदेव,सुरज ऋषिदेव,सन्तोष ऋषिदेव,राजु ऋषिदेव,मनु ऋषिदेव,मेगुवा ऋषिदेव,सन्जय ऋषिदेव लगायका घर डुवानमा परेपछि उनीहरु विस्थापित भएका हुन् । अन्धुवा खोलामा आएको वाढीका कारण पानीको वहाव बढेपछि १० परिवार विस्थापित बनेको बताइएको छ ।

Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर