Aamsanchar

मोरङमा वैवाहिक अंगीकृत नागरिकता लिने बढे

Author Image
बिहिवार, साउन १९, २०७४

मोरङ।

मोरङ जिल्लामा वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्यामा वृद्धि भएको छ । नयाँ संविधान जारी भएयता अघिल्लो आवभन्दा गत आव २०७३÷०७४ मा वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्यामा वृद्धि भएको हो ।

मोरङमा गत आवमा ४८६ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय, मोरङको तथ्यांकमा उल्लेख छ, जसअनुसार अघिल्लो आव भन्दा गत आवमा ११५ जना वैवाहिक अंगीकृत नागरिकता लिने बढेको देखिन्छ । आव २०७२÷०७३ मा मोरङबाट ३७१ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जानकारी दिनुभयो ।

गत आवमा जिल्ला प्रशासन कार्यालय, विराटनगरबाट ३१०, इलाका प्रशासन कार्यालय रङ्गेलीबाट १६८ र इलाका प्रशासन कार्यालय उर्लाबारीबाट आठ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । गत आवमा मोरङबाट ३३ हजार ४१२ जनाले नागरिकता लिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर