तेह्रथुम :

जिल्लाका १५ भन्दा बढी बस्ती प्राकृतिक प्रकोपको उच्च जोखिम रहेको देखिएको छ।

जिल्ला दैवीप्रकोप उद्धार समिति, नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरीलगायत संस्थाले बाढी÷पहिरो, आगलागी र भूकम्पलगायतका कारण ती बस्तीहरु जोखिममा रहेको भन्दै खतराको सूचीमा राखेका हुन्।

वसन्तपुर, सुङ्नाम, फुलेक, आङ्दिम, आम्बुङ, ओयाग्जुङइसिबु लगायतका बस्तीमा जतिसुकै बेला प्राकृतिक प्रकोपले धनजनको क्षति पुर्याउन सक्ने चेतावनी दिइएको छ।

रेडक्रसले जिल्लाका दुई नगरपालिका र चारवटै गाउँपालिकामा पुगेर गरेको स्थलगत अध्यायनपछि पहिचान भएका जोखिमयुक्त क्षेत्रका बस्तीसहितको नामावली जिल्ला दैवी प्रकोप उद्धार समितिमा बुझाएको रेडक्रसका जिल्ला सभापति भुपतिलाल श्रेष्ठले बताए।
Views: 70

