झापा :
झापाको मेचीनगरका एक व्यक्तिले बञ्चरो प्रहार गरी आफ्नै छोरालाई गम्भीर घाइते बताएका छन्।
मेचीनगर- ७ का ४० वर्षीय बन्दा खडियाले १० वर्षीय छोरा मनिष खडियालाई शुक्रबार बिहान बञ्चरो प्रहार गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घाइते मनिषको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको जिप्रका झापाका प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले जानकारी दिए।
शर्माका अनुसार मनिषको टाउकोमा गम्भीर चोट लागेको छ। बञ्चरो प्रहार गर्ने व्यक्तिको मानसिक अवस्था सन्तुलनमा नरहेको पाइएको उनले बताए। खडियालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुधान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 71