Aamsanchar

२५८२ थान मुद्दा फछ्र्यौट

Author Image
मङ्गलवार, साउन २४, २०७४

भद्रपुर।

जिल्ला अदालत झापाले गएको आर्थिक वर्षमा २ हजार ५ सय ८२ थान मुद्दा फछ्र्यौट गरेको छ ।
सो अवधिमा अदालतले २ हजार ६ सय ४० थान मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको थियो । अदालतमा जिम्मेवारी सरेर आएका १ हजार ७ सय १९ मुद्दा र नयाँ दर्ता २ हजार ५ सय २ थान मुद्दा गरी कूल ४ हजार २ सय २१ थान मुद्दा रहेको जिल्ला अदालतका स्रेस्तादार इन्द्रकमल प्रधानले जानकारी दिए ।
अदालतले ६० प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्यमा ६१.१७ प्रतिशत प्रगति हासिल गरेको छ । अदालतमा एक वर्षभित्रका १ हजार २ सय ९३, एक वर्षदेखि १८ महिनाका २ सय १४, १८ महिना देखि दुई वर्षसम्मका ९३ र दुई वर्ष नाघेका ३८ थान मुद्दा अदालतमा छन् । थुनुवा मुद्दा २ सय ६१ मा १ सय ४० थान फछ्र्यौट भएको र मेलमिलाप प्रकृतिका २ सय ४६ थान मुद्दामा ५५ थान मेलमिलाप गरी पठाएको बताइएको छ ।
मुद्दाको अङ्ग पु¥याउने २ हजार ९ सय ३२ लक्ष्यमा २ हजार ७ सय ८१ प्रगति भएको र मुद्दाको आन्तरिक निरीक्षणतर्फ ४ हजार १ सय ४९ लक्ष्यमा ३ हजार ३ सय ३९ थान प्रगति भएको र मुलतवी मुद्दा अन्तर्गत जिम्मेवारी संख्या १ सय ७५ मा गएको वर्षमा चार थान वृद्धि भई कूल १ सय ७९ थान मुद्दामा ४६ थान मुद्दा जागेको स्रेस्तादार प्रधानले बताए ।
यसैगरी, विशेष अभियानबाट कैद भुक्तानतर्फ कूल लागत रु. ६२ करोड ८२ लाख ११ हजार १ सय १० मा रु. ४७ करोड १८ लाख १६ हजार १ सय २४ फछ्र्यौट भएको र जरिवानातर्फ कूल रु. ३१ करोड ५० लाख ८७ हजार ४ सय ३ मा रु. १२ करोड ६१ लाख १६ हजार ६ सय ११ असुली भई फछ्र्यौट भएको बताइएको छ ।

Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर