Aamsanchar

पहिराका कारण आधा दर्जन घर जोखिममा

Author Image
मङ्गलवार, साउन २४, २०७४

ताप्लेजुङ।

विभिन्न स्थानमा पहिराका कारण दुई घरपरिवार विस्थापित भएका तथा आधा दर्जन बढी घर जोखिममा परेका छन् ।

पहिराका कारण फक्त्ताड्लुङ गाउँपालिका– ३ स्थित लिंखीमको थिवा बस्तीका डम्बरबहादुर लाबुङ लिम्बूको परिवार शुक्रबारदेखि नै विस्थापित भएको छ । सोही ठाउँमा रहेका सात घर पहिराको जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।
बस्ती छेउमा उत्तर–दक्षिण ओलाङ्चुङगोला राजमार्ग सडक आयोजनाले सडक निर्माण गरेको तर तारसहितको पर्खाल नलगाएकाले त्यहीँबाट पहिरो बग्न थालेको स्थानीयवासीको भनाइ छ । विस्थापित लाबुङ परिवार छिमेकीको शरणमा छ ।

यता गए राति घरमाथिबाट झरेको पहिराले फुङ्लिङ नगरपालिका– ९ हाङ्देवाका वीरेन्द्र कार्कीको परिवार विस्थापित भएको छ भने सिदिङ्वा गाउँपालिका– ३ मा दुई घर जोखिममा परेका छन् । पहिराका कारण स्थानीयवासीले लगाएको धानखेतीका साथै अलैँचीबालीमा समेत क्षति पुगेको स्थानीयवासी प्रकाश राईले जानकारी दिनुभयो ।

Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर