Aamsanchar

झापामा एक महिला कैदीको मृत्यु

Author Image
मङ्गलवार, साउन २४, २०७४

झापामा एक महिला कैदी बन्दीको आज मुत्यु भएको छ ।

मुत्यु हुनेमा अर्जुनधारा नगरपालिका–२ साविक खुदुनाबारी गाविस–३ निवासी ६५ वर्षीया तारादेवी ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका क्रममा मुत्यु भएको हो ।

विसं २०७१ चैत ८ गते लागुऔषध मुद्धामा दोषि ठहर भएपछि तारादेवीलाई झापा जिल्ला अदालतले दुई वर्ष कैद सजाय र रु एक लाख जरिवानासहितको सजाय तोकेको थियो । दुई वर्ष कैद पूरा गरिसकेकी तारादेवीका परिवारले जरिवाना बुझाउन नसकेपछि उनलाई थप चार वर्ष कैद सजाय तोकिएको थियो । रा

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर