Aamsanchar

राजपालाई निर्वाचनमा सहभागी हुन नेता खनालको आग्रह

Author Image
बुधवार, साउन २५, २०७४

इलाम ।

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन अघि संविधान संशोधन हुनै नसक्ने बताउनुभएको छ ।

एमाले प्रदेश नं १ को पार्टी प्रशिक्षणका क्रममा इलाम आइपुग्नुभएका नेता खनालले आज पत्रकारसँग कुरा गर्दै अब माघ ७ गतेभित्र दुवै तहका निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । तोकिएको मितिमै निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गर्नुको कुनै विकल्प नभएको भन्दै उहाँले २ नं प्रदेशमा राजपालाई निर्धक्क भएर चुनावमा जान सुझाव दिनुभयो ।

नेता खनालले सत्तामा रहेको काँग्रेसले छलछामको राजनीति गरिरहेको र त्यसैकारण राजपालाई चुनावमा आउन नदिने दाउमा लागेको आरोपसमेत लगाउनुभयो । एमाले निश्चित संकल्प बोकेर हिँडिरहेको बताउँदै उहाँले अब हुने २ नं प्रदेशको निर्वाचनमा पार्टीका सबै नेता कार्यकर्तालाई केन्द्रित हुन आग्रह गर्नुभयो ।

एक फरक प्रसंगमा उहाँले अनशनरत डा गोविन्द केसीलाई अनशन छाडेर बिरामीको उपचारमा खट्न आग्रह गर्नुभयो । “डा. केसीको अनशनमा धेरै डाक्टर भुलिएका छन्, जसले गर्दा उपचार गर्न जाने बिरामीले पनि उपचार पाएका छैनन्,” उहाँले भन्नुभयो – “डा. केसीका कतिपय माग जायज छन् र कतिपय माग बेठिक पनि छन् । जायज मागलाई सरकारले सम्बोधन गर्नुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर