Aamsanchar

सामाजिक सुरक्षा ऐनमा श्रमिक अधिकार

Author Image
मङ्गलवार, साउन ३१, २०७४

काठमाडौँ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा श्रमिकलाई औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजनालगायत सुविधाको व्यवस्था गरिएको छ ।

यही साउन ९ गते व्यवस्थापिका–संसद्मा पारित भई आइतबार राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको सो विधेयकमा अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजना र कोषले तोकेको अन्य सामाजिक सुरक्षा योजनाको व्यवस्था गरिएको छ ।

नेपाल ट्रेड युनियन काँग्रेसले यहाँ सोमबार आयोजना गरेको अन्तक्र्रियाका सहभागी वक्ताले लामो समयको प्रयासपछि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ल्याउन सकिएकोमा खुशी व्यक्त गर्दै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले श्रमिकलाई सेवा सुविधा उपलब्ध गराउनका लागि नयाँ ऐनले मार्ग प्रशस्त गरेको बताउनुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहाल, काँग्रेसका नेताद्वय पुस्कर आचार्य र भरतबहादुर कुँवरले सामाजिक ऐनसँग जोडिएका मजदुरका थप अधिकारका विषयवस्तुलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा कार्यान्वयनमा चुनौती रहेकाले आवश्यकताअनुसार संशोधन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर