Aamsanchar

राधाकृष्ण रथ यात्रा सम्पन्न

Author Image
मङ्गलवार, साउन ३१, २०७४

विराटनगर ।

ऐतिहासिक राधाकृष्ण रथ यात्राको ५० आँै संस्करण आज विधिवत् रुपमा सम्पन्न भएको छ ।

श्री कृष्णजन्मा अष्टमीको भोलिपल्ट विरानगर–३ को पानी ट्यांकीस्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको रथ यात्रा विरानगरको मुख्य बजार क्षेत्र हुँदै महेन्द्रचोक पुगेर पुनः सोही मार्ग हुँदै राधाकृष्ण मन्दिरमा पुगेर समाप्त भयो ।

रथ यात्राको दर्शन गर्न हजारौँको संख्यामा सर्वसाधारणको उपस्थ्तिि रहेको थियो । वर्षा र बाढीका कारण बाटो अवरुद्ध भएकाले विगतका वर्षहरुमा हुने गरेको सात किलोमिटरको रथ यात्रालाई चार किलोमिटरमा सीमित पारिएको थियो ।

विसं १९८८ देखि खट यात्राबाट सुरु भएको यस धार्मिक कार्य विसं २०२५ देखि रथ यात्राका रुपमा परिणत भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर