पाँचथर ।

श्रीमतीको खुकुरी प्रहारबाट आज पाँचथर ओयम–४ का कमल योङ्या गम्भीर घाइते भएका छन् ।

सामान्य घरायसी विवाद भएपछि २७ वर्षीया श्रीमती फूलमायाले खुकुरी प्रहार गर्दा कमल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।

घाइते कमलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । फूलमायालाई प्रहरीले नियन्त्रणमा लिइसकिएको छ ।


Views: 181


