Aamsanchar

महिला संघले तीज मनाउने खर्च बाढीपीडितलाई दिने

Author Image
बुधवार, साउन ३२, २०७४

काठमाडौँ।

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला संघले तीज मनाउन लाग्ने सम्पूर्ण खर्च बाढीपीडितलाई वितरण गर्ने निर्णय गरेको छ ।

संघको मंगलबार साँझ बसेको बैठकले दरखाने रकम बाढीपीडितलाई दिने निर्णय गरेको हो । महिला संघले भदौ २ गते सम्पूर्ण महिला दिदीबहिनीलाई दर खुवाउने कार्यक्रम राखेको थियो ।

संघका अध्यक्ष उमा रेग्मीले बाढीपहिरोले तराई क्षेत्र डुबानमा परेको र हजारौँ मानिस विस्थापित हुन पुगेकाले संघले तीजका सम्पूर्ण कार्यक्रम स्थगित गरेको जानकारी दिनुभयो ।

संघले आफ्ना सम्पूर्ण कार्यकर्तालाई बाढीपीडितको उद्धार गरी उचित राहतको व्यवस्था मिलाउन निर्देशनसमेत दिएको छ ।

Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर