Aamsanchar

बाढीपिडीतलाई सहयोग गर्न तराई जानुपर्दैन भन्दा महतोले भने सरकारको काम हामीले किन गर्ने

Author Image
बिहिवार, भदौ १, २०७४

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका अध्यक्ष राजकिशोर यादवले राजपाको मधेसका जिल्लाहरूमा जानै नसकिने अवस्था भएकाले तत्काल डुबान भएका स्थानमा शीर्ष नेताहरू नगएको प्रतिक्रिया दिनुभएको छ ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले आफूहरू काठमाडौंमा बसेर उद्धार र राहतका लागि दवाव दिइरहेको बताउनुभयो । ‘डुबान क्षेत्रमा कसरी जाने । जानै सकिँदैन’, उहाँले भन्नुभयो, ‘हामी शीर्ष नेताहरू काठमाडौंमा बसेर निर्देशन दिइएका छौँ । राज्यलाई उद्धार र राहतका लागि दवाव दिएका छौँ ।’

उहाँले भन्नुभयो, ‘अध्यक्षमण्डलको बैठक बसेर बाढी पीडितलाई सांसदहरूको एक दिनको तलव दिने निर्णय भएको छ ।’ अध्यक्ष यादवले कार्ययोजना बनाएर राजपा अध्यक्षमण्डलका अध्यक्षहरू मधेस झर्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर