काठमाडौँ ।
प्रधानन्यायाधीश गोपाल पराजुलीलेमहिलामाथि हुने सबै प्रकारका हिंसा रोक्नका लागि पारिवारिक अदालतको स्थापना गर्नुपर्ने बताउनुभएको छ ।
कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक)को ३१ औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उहाँले स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा बन्ने न्यायिक समितिलाई ल्याकजस्तो संस्थाले तालिम तथा आवश्यक परामर्श दिन सक्नुपर्ने सुझाव दिनुभयो ।
सो अवसरमा ल्याकको संस्थापक अध्यक्ष प्रा डा शान्ता थपलियाको स्मृतिमा स्थापित महिला सशक्तीकरण पुरस्कार वरिष्ठ अधिवक्ता चाँदनी जोशीलाई प्रदान गरिनाका साथै प्रहरी प्रधान कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्रका प्रहरी उपरीक्षक दुर्गा सिंह, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका उपसचिव सुनिता नेपाल, अधिवक्ता अन्जना न्यौपानेलाई सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 274