धनकुटा ।
पूर्वका विभिन्न जिल्लामा दुई हप्तायता अज्ञात रोगबाट चारजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इटहरीका राजु कार्की, सप्तरीका प्रितीकुमारी चौधरी, उदयपुरका प्रशान्त राई र धरानका विकल्प राई छन् । मृत्यु हुने सबै ६ देखि १४ वर्षका बालबालिका हुन् ।
उनीहरुको उपचारकाक्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । स्क्रबटाइफस, डेंगु, हान्टा भाइरसलगायत रोगकाजस्तै लक्षण देखिएपनि बिरामीको परीक्षण गर्नै नपाइ तत्कालै मृत्यु हुने गरेको उपचारमा संलग्न चिकित्सक डा. प्रकाश पौडेलले जानकारी दिए ।
रोग पत्ता नलागेपछि प्रतिष्ठानले काठमाडौंको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई यसबारे जानकारी गराएको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले जानकारी दिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 123