Aamsanchar

प्रधानमन्त्रीज्यू ! बढेको दूधको मूल्य फिर्ता गराऊ

Author Image
आइतवार, भदौ ४, २०७४

बिर्तामोड।

अचानक बढाइएको दूधको मूल्य तत्काल फिर्ता लिन प्रधानमन्त्री समक्ष राष्ट्रिय उपभोक्ता मञ्चले आग्रह गरेको छ । नेपाल दूग्ध विकास संस्थानले गत बर्ष मात्र बढाएको दूधको मूल्य पुनः भदौ १ गतेदेखि लागू हुने गरी प्रति लिटर ६ रुपैयाँका दरले बृद्धि गरेको प्रति आपत्ति जनाउँदै मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले त्यस्तो आग्रह गरेका हुन् ।

देश बाढीपहिरोले क्षतिग्रस्त भई असीम पीडामा रहेको अवस्थामा घाउमा नुनचुक छर्ने काम गरेजस्तै सरकारी निकायबाट नै दूधको मूल्य बढाउनु राज्यले जनतामाथि अविवेकपूर्ण थिचोमिचो गर्ने काम गरेको महर्जनले बताएका छन् । दैनिक अत्यावश्यक वस्तुको रुपमा रहेको दूधमा असान्दर्भिक रुपमा रहेको मूल्यबृद्धि तत्काल फिर्ता लिन लगाई लोक कल्याणकारी राज्यको अनुभूति दिलाउन महर्जनले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
संस्थानले मूल्यबृद्धि गरे लगत्तै निजी क्षेत्रका सम्पूर्ण दूध उद्योगहरुले समेत आफूखुशी दूधको मूल्य बढाइसकेको र दूधजन्य पदार्थहरुको मूल्यमा समेत १५ प्रतिशतभन्दा बढीको भाग पर्ने गरी बृद्धि भएको जनाइएको छ ।
महर्जनले भनेका छन्– ‘उपभोक्तालाई लुट्ने काम स्वयम् सरकारी निकायले गरेको आम उपभोक्ताले महशुस गरेका छन् । बढेको दूधको मूल्य ६ रुपैयाँभन्दा किसानलाई ४ रुपैयाँ, संस्थानलाई ८४ पैसा र बुथ म्यानलाई १ रुपैयाँ दिने भनिए पनि दूध उत्पादक किसानले अझै पनि दूधको मूल्य प्रतिलिटर ४० रुपैयाँ पनि नपाएको अवस्था छ । अर्कोतर्फ २५ पैसा मात्र पाइरहेको बुथ म्यानले प्रति प्याकेजमा एक रुपैयाँ पाउने गरी मूल्यबृद्धि गर्दा सर्वसाधारण उपभोक्तालाई प्रत्यक्ष मार परेको राष्ट्रिय उपभोक्ता मञ्चले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर