Aamsanchar

ॐनमः शिवायको दोस्रो सभा

Author Image
आइतवार, भदौ ४, २०७४

बिर्तामोड।

हाम्रो ॐ नमःशिवाय कृषि सहकारी संस्था लिमिटेड बिर्तामोडको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । झापाको चारपानेमा शनिवार सम्पन्न साधारणसभामा संस्थाका अध्यक्ष बालकृष्ण गिरीले संस्थाको उद्देश्यसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष गिरीले प्रस्तुत गरेको प्रतिवेदनमा ७७ जना सदस्यको शेयर रकम ३८ लाख ५० हजार भएको उल्लेख गरिएको छ ।

उनले पेश गरेको प्रतिवेदनमा संस्थाका शेयर सदस्यले उत्कृष्ट कृषि सहकारी तथा कृषि फर्मको अवलोकन भ्रमण, शेयर सदस्यहरुका छोराछोरी मध्येबाट उत्कृष्ट बिद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था, पशुपालन तालिम सञ्चालन, कर्मचारीको तलवबृद्धि, अनिवार्य बचतको व्यवस्था, कृषि फर्मको जग्गाको लागि उपयुक्त जग्गा खरिद, सदस्य नारायण गिरीको परिवारमा परेको दैवीप्रकोपमा बिचार बिमर्श गर्न आग्रह लगायतका योजनाहरु उल्लेख छन् ।
२०७२ बैशाख २७ गते बिधिवत् उद्घाटन गरिएको संस्थामा गतअसार मसान्तसम्मको जम्मा शेयर सदस्य ७४ जनाको जम्मा शेयर पुँजी ३६ लाख ७५ हजार रहेको छ । संस्थाको कूल निक्षेप रकम चार लाख ४९ हजार सातसय ३८ मध्ये बचत खाता एउटा मात्र रहेको छ । संस्थामा ७७ प्रतिशत दशनामी र २३ प्रतिशत मात्र अन्य जाति रहेका छन् । संस्थामा ३४ लाख ८५ हजार ऋण लगानी भएको, जम्मा आम्दानी ५ लाख ५४ हजार २ सय ५५ रुपयाँ २४ पैसा, जम्मा खर्च ५ लाख ३० हजार २ सय ७३ रुपैयाँ, खुद नाफा २३ हजार ९ सय ८२ रुपैयाँ २४ पैसा र बैंक मौज्दात ६ लाख ६५ हजार ६ सय १४ रुपैयाँ ५७ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।
७४ जना शेयर सदस्य रहेकोमा अन्य तीनजनाले शेयर खरिद गरी ७७ जना शेयर सदस्य भएको र अन्यले पनि शेयर खरिदका लागि संस्थालाई आग्रह गरेको संस्थाका संस्थापक अध्यक्ष तथा नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष गोविन्दविक्रम गिरीले बताए । उनले नयाँ शेयर खरिद गर्ने र पुराना शेयर सदस्यलाई कसरी मिलाउने त्यसबारे छलफल गर्न आग्रह गरे । प्रत्येक शेयर सदस्यलाई यस बर्ष सातहजार नाफा भएको छ– गिरीले भने– यो नाफा रकम शेयरमा थप्ने वा बाँड्ने छलफल गर्न बाँकी छ ।
दशनामी समाज झापाका अध्यक्ष चन्द्रप्रसाद गिरी प्रमुख अतिथि रहेको कार्यक्रममा संस्थाका संरक्षक भरतलाल गिरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरी, अग्रज पत्रकार गोपाल गिरी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक अर्जुन गिरीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर