Aamsanchar

जामुनवारी प्रवेशद्वारको उद्घाटन

Author Image
आइतवार, भदौ ४, २०७४

सुरुङ्गा।

कनकाई नगरपालिका–१ र २ स्थित जामुनाबारी सामुदायिक वन उपभोक्ता समूहको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघका संस्थापक केन्द्रीय सदस्य तथा कनकाई नगरपालिकाका नवनिर्वाचित प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य र जामुनावारी वन समूह एवम् जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका अध्यक्ष परशुराम गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा कार्यालय सचिव अम्बरबहादुर चौहान (मिलन)ले आर्थिक वर्ष २०७३÷०७४ को आयव्यय विवरण प्रस्तुत गरेका थिए । उनले २ करोड ३५ लाख ३६ हजार ८८ रुपैयाँ १७ पैसाको आय, २ करोड ३१ लाख ५२ हजार ३ सय ३१ रुपैयाँको व्यय र ३ लाख ८३ हजार ७ सय ५६ रुपैयाँ सञ्चालन नाफाको आयव्यय प्रस्तुत गरेका थिए ।

शैक्षिक तथा समाजसेवी व्यक्तित्वहरु तुलसी कार्की, भक्तबहादुर पौडेल, बुद्धिमान बोहोरा, रुद्रबहादुर बोहोरा, शारदा बराल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा समूहका लेखा समिति संयोजक ऋषिकेश खतिवडा, कनकाई सामुदायिक वन समूह एवम् कनकाई नगरपालिका वार्ड नं. ३ का नवनिर्वाचित अध्यक्ष रुद्रप्रसाद चिमरिया, उपभोक्ता निर्मलकुमार खनाल, सामुदायिक वन महासंघ झापा जिल्ला अध्यक्ष वेदप्रकाश भण्डारी, जिल्ला वन कार्यालय झापाका प्रमुख (डीएफओ) बोधराज सुबेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा वन समूहका अध्यक्ष गिरीले विगतको समीक्षा र भावी नीति तथा कार्यक्रम समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । वन समूहका उपाध्यक्ष गम्भीर राईको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव इन्द्र पुलामी मगरले गरेका थिए । सोही कार्यक्रमकाबीच ८ लाख रुपैयाँभन्दा बढीको लागतमा निर्मित टिकट काउण्टरसहितको प्रवेशद्वारको उद्घाटन गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर