बिर्तामोड।
सजिलो बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड नपा–५को १०औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुरेश ढकालको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका सदस्य गणेशप्रसाद ढकालको प्रमुख आतिथ्य र नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष एकराज गिरीको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा गीता खनालले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा सृजनशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भूपालबहादुर राई, सुन्दर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उत्तम खनाल, लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चन्द्रकुमार राजभण्डारी, साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवी निरौला बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता गोविन्द भण्डारी, असल ऋणी अर्जुन शिवाकोटी, उत्कृष्ट बाल बचतकर्ता एरिस्का ढकाल, क्रमिक बचतकर्ता सोहाना घिमिरे, उत्कृष्ट कर्मचारी अस्मिता सत्याल, एसईईमा उत्कृष्ट प्रज्ञान भट्टराई, इशान सापकोटा, सिम्रन अग्रवाल, तुलसा कार्की, ज्येष्ठ शेयर सदस्य पवित्रा गौतम, देवीमाया खरेल, फूलकुमारी दनुवारलाई सम्मान गरिएको संस्थाका सदस्य ओमप्रकाश लुइँटेलले जानकारी दिए ।
कार्यक्रममा अध्यक्ष ढकालले संस्थाको आय–व्ययसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अध्यक्ष ढकालका अनुसार संस्थाको जम्मा शेयरपुँजी ७८ लाख ७४ हजार ८ सय रुपैयाँ, बचततर्फ दुई करोड ५९ लाख ४८ हजार ३ सय २७ रुपैयाँ, कर्जा लगानीतर्फ ३ करोड २४ लाख ८९ हजार ८५ रुपैयाँ रहेको छ । त्यस्तै संस्थाले ५५ लाख ४८ हजार एक सय ११ रुपैयाँ आम्दानी गरेकोमा ५३ लाख ८२ हजार सात सय ८९ रुपैयाँ खर्च गरेको बताइएको छ ।
सोही साधारणसभाले संस्थाको नयाँ नेतृत्व समेत चयन गरेको थियो । संस्थाको अध्यक्षमा पुनः सुरेश ढकाल चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा अरुण सापकोटा र सदस्यहरुमा ओमप्रकाश लुइँटेल, काशीनाथ घिमिरे, उमेशकुमार दाहाल, गीताराज खड्का, लक्ष्मी भट्टराई, गीता खनाल र अर्चना पौडेल रहेको निर्वाचन समितिका सदस्य सुरेन्द्र भण्डारीले जानकारी दिए ।
त्यस्तै गोपालप्रसाद अधिकारी संयोजक, विष्णुप्रसाद ढकाल र गायत्रा अधिकारी बराल सदस्य रहेको लेखा समिति समेत चयन गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका लेखा समिति संयोजक गोपालप्रसाद अधिकारीले गरेका थिए । यसैबीच बिर्तामोड–५स्थित सजिलो बचत तथा ऋण सहकारी संस्थाले नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ ।
संस्थाको १०औं बार्षिक साधारणसभाको अवसरमा शनिवार बिर्तामोडमा भएको समारोहमा संस्थाका अध्यक्ष सुरेश ढकालले पत्रकार महासंघका उपाध्यक्ष एवम् कोषका संयोजक एकराज गिरीलाई उक्त रकम प्रदान गरेका हुन् । सहकारी आन्दोलन र संस्थाको प्रगतिमा सञ्चारकर्मीले पु¥याएको भूमिकाको मूल्यांकन गरी सामाजिक उत्तरदायित्व अन्तर्गत पत्रकारको हितका लागि उक्त रकम प्रदान गरिएको अध्यक्ष ढकालले बताए । महासंघका सहसचिव एवम् कोषका सदस्य सचिव केशव भट्टराईका अनुसार कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुने क्रम जारी छ ।
पत्रकार महासंघले कोषको रकम एक करोड रुपैयाँ पु¥याई त्यसको व्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने गरी कार्य अघि बढाएको छ । हालसम्म ३० लाख रुपैयाँ कोषमा जम्मा भइसकेको महासंघका उपाध्यक्ष एवम् कोषका संयोजक गिरीले बताए । पत्रकार महासंघले सहकारीसहित विभिन्न संघ–संस्था तथा विद्यालयहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत एकपटकका लागि पत्रकार उपचारकोषमा सहयोग गरिदिन सबैमा आव्हान समेत गरेको छ ।