Aamsanchar

बाढीबाट झापाका ३१ विद्यालयमा क्षति

Author Image
सोमवार, भदौ ५, २०७४

भद्रपुर।

एक साता अघि आएको बाढीले झापाका सामुदायिक विद्यालयहरु समेत प्रभावित भएका छन् । बाढीका कारण लाखौं क्षति समेत भएको छ ।
जिल्ला शिक्षा कार्यालय झापाले दिएको जानकारी अनुसार झापाका ३१ वटा सामुदायिक विद्यालयमा बाढीले क्षति पुर्याएको हो । माध्यमिक विद्यालय र आधारभूत विद्यालय गरी ३१ वटा विद्यालयमा करिव ३९ लाख ४८ हजार रुपैयाँ बराबरको क्षति भएको जिशिकाले जनाएको छ ।

बाढीले सबै भन्दा बढी क्षति झापा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा भएको छ । सो गाउँपालिकाका १३ वटा विद्यालयमा पानी पसेपछि विद्यालयमा रहेको पोशाक, पुस्तक, कपी कलम, भौतिक संरचनामा क्षति पुगेको जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ ।
बाढीले कुमरखोद र टाघनडुब्बास्थित जुरो प्राविमा ४ लाख र लक्ष्मी प्रावि, सितुमारी प्रावि, सालमारा प्रावि, सरस्वती प्रावि, भृकुटी आधारभूत, जनता मावि, त्रिभुवन आधारभूत, सिमलबाडी आधारभूत, डिल्लीराज मावि, नमूना प्रावि, कुवाडी आधारभूत र जगदम्बा प्राविमा ५ हजारदेखि ५० हजारसम्मको क्षति पु¥याएको छ । एक सातापछि त्यहाँका विद्यालय शुक्रवारबाट खुलेका छन् । कुमरखोदस्थित जुरो प्रावि र लक्ष्मी प्रावि भने अझै खुल्न नसकेको टाघनडुब्बा स्रोतकेन्द्रका खड्कप्रसाद खरेलले जानकारी दिए ।
त्यस्तै दमक नगरपालिकामा ६ वटा विद्यालयमा क्षति पुगेको छ । दमकस्थित सगरमाथा प्राविमा २ लाख १५ हजार, पशुपति आधारभूतमा १ लाख ५० हजार, पाणिनी माविमा २ लाख, जनचेतना प्राविमा एक लाख, महालक्ष्मी आधारभूतमा एक लाख र सरस्वती माविमा २ लाखको क्षति पुगेको छ । बाह्रदशी गाउँपालिकास्थित साधुपर्ती प्राविमा ७५ हजार, भगवती आधारभूतमा दुई लाख, सुन्दरपुर प्राविमा एक लाख, जनविकास आधारभूतमा एक लाख र जनता आधारभूत विद्यालयमा दुई लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।
भद्रपुरस्थित आदर्श प्राविमा दुई लाख, हल्दिवारीस्थित दुर्गादेवी प्राविमा दुई लाख ५० हजार, कनकाईस्थित सिंहदेवी आधारभूतमा तीन लाख ५० हजार, गौरादहस्थित खयरबारी प्राविमा एक लाख ५० हजार, कचनकवलस्थित बुद्ध प्राविमा दुई लाख ५० हजार, शिवसताक्षीस्थित जनआर्दश माविमा तीन लाख ५० हजार र कमलस्थित सरस्वती माविमा एक लाख ५० हजार बराबरको क्षति पुगेको शिक्षा कार्यालयले जनाएको छ ।

Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर