Aamsanchar

दशनामी महिलाले मनाए तीज

Author Image
सोमवार, भदौ ५, २०७४

बिर्तामोड।

नेपाल दशनामी समाज महिला कार्यसमिति झापाको आयोजनामा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ ।
समाजकी महिला कार्यसमिति अध्यक्ष पार्वता गिरीको अध्यक्षता तथा समाजका केन्द्रीय उपाध्यक्ष गोविन्दविक्रम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महिला कार्यसमिति सचिव सत्यरुपा वनले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा समाजका संरक्षक भरतलाल गिरी, झापा अध्यक्ष चन्द्रप्रसाद गिरी, जिल्ला संयोजक लवकुश गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा गतस्थानीय निर्वाचनमा निर्वाचित दशनामी सदस्य तथा ज्येष्ठ महिलालाई सम्मान गरिएको थियो ।
शनिश्चरे सामुदायिक हलमा भएको कार्यक्रमको सहआयोजक अर्जुनधारा दशनामी परिवार रहेको थियो । उपस्थित सबैलाई सामुहिक दर खुवाइएको कार्यक्रमको सञ्चालन समाजका जिल्ला सचिव राजन गिरीले गरेका थिए ।

Views: 290

प्रतिक्रिया (०)

सम्बन्धित खबर