Aamsanchar

नक्कली गहना बेच्ने पक्राउ

Author Image
मङ्गलवार, भदौ ६, २०७४

नेपालगन्ज।

नक्कली गहनालाई पहेँलो धातुको जलप लगाई सक्कली सुन सरह बिक्रीको प्रयास गर्ने तीन जनालाई बाँके प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले  पत्रकारसम्मेलनको आयोजना गरी नक्कली गहनासहित अभियुक्तहरु बाँकेका मंगलप्रसाद थारू, सिन्धुपाल्चोकका कृष्णलाल श्रेष्ठ र जाजरकोटका पूर्णबहादुर विकलाई सार्वजनिक गरेको हो ।

नेपालगन्जस्थित एक होटलबाट भदौ ३ गते पक्राउ गरिएका ती अभियुक्तबाट प्रहरीले पहेँलो धातुको जलप लगाएको दुई किलो ३०५ ग्राम नक्कली गहना बरामद गरेको थियो । बाँके प्रहरी उपरीक्षक टेकबहादुर तामाङले पक्राउ परेका अभियुक्तमध्ये पूर्णबहादुर विक यसअघि पुराना बहुमूल्य धातु चोरी गरेको अभियोगमा पक्राउ परिसकेका व्यक्ति भएको बताउनुभयो ।

“हामीले अभियुक्तबाट कोही ठगिएका छन् भने जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न सूचना जारी गरेका छौँ, प्रहरीले पनि यस सम्बन्धमा थप अनुसन्धानसमेत गरिरहेको छ”, उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर