बिर्तामोड।
बिर्तामोड नगरपालिका–१ स्थित सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाको १२औं साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भुपालबहादुर राईको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेशप्रसाद ढकालको प्रमुख आतिथ्यमा भएको साधारणसभामा उपाध्यक्ष डम्बर विमलीले स्वागत गरेका थिए ।
कार्यक्रममा सजिलो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेश ढकाल, साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवी निरौला बस्नेत, सुन्दर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उत्तम खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष वेदप्रकाश अग्रवाल र ज्येष्ठ शेयर सदस्य चित्रबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट बचतकर्तातर्फ रेखा दनुवार मधुसुधन साह, भरत साह, उत्कृष्ट क्रमिक बचतकर्तातर्फ अनु पोखरेल, सविता सञ्जेल, रमिला घिमिरे पोखरेल, उत्कृष्ट बालबचतकर्तातर्फ रुपा साह, दिलासा खतिवडा, सक्षम सुब्बा, असल ऋणीतर्फ दुखन ठाकुर, रमा चौधरी र पदम बुढाथोकीलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै शेयर सदस्यका छोराछोरीमध्ये एसईई परीक्षामा उत्कृष्ट मधु मिन्त्री, किसान सापकोटा र उत्कृष्ट कर्मचारी रत्ना सापकोटालाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा अध्यक्षको प्रतिवेदन लेखा समितिको प्रतिवेदन र ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरी पारित गरिएको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाको व्यवस्थापक तारा निरौला ढकालले गरेकी थिइन् ।