Aamsanchar

बाढीपिडितलाई बाल्टी

Author Image
बुधवार, भदौ ७, २०७४

भद्रपुर।

झापाको भद्रपुर नगरपालिका क्षेत्रका बाढीपिडितलाई सोमबार राहत सामग्री वितरण गरिएको छ । नेपाली काग्रेसका युवा नेता गगन थापाले सुरु गरेको मायाले भरिएको बाल्टी अभियान अन्तरगत नेपाली काग्रेसका भातृ संगठन नेवि संघको सहकार्यमा भद्रपुरका बाढीपिडितलाई राहत सामग्री वितरण गरेका हुन ।

भद्रपुर वडा नम्बर ५ का वडाध्यक्ष बन्धु कार्कीको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा नेवि संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी लगायतको टोलीले बाढीपिडितलाई राहत सामग्री वितरण गरेका थिए । प्रत्येक बाढीपिडित परिवारलाई मग, चामल, तेल, दाल, जिवनजल, टि सर्ट, कम्बल, विस्कुट, चाउचाउ, औषधी, चिउरा लगायतको सामग्री भरिएको एउटा बाल्टी वितरण गरिएको भद्रपुरका महिला वडा सदस्य लत्ता कार्कीले बताउनु भयो ।

कार्यक्रममा नेपाली काग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, नगर सभापति मोहन महर्जन, नेवि संघका केन्द्रिय सदस्य युवराज पाण्डे लगायतको उपस्थिती रहेको थियो । भद्रपर ५ स्थित मेचीकिनार र भद्रपुर ८ स्थित सुकुम्बासी टोलमा गरी १ सय ७० जनालाई राहत सामग्री वितरण गरिएको नेवि संघका निमा गिरीले जानकारी दिनुभयो ।

काठमाडौबाट राहत सामग्री लिएर आएका नेवि संघको टोलीले झापा गाउपालिकाका एक सय घरपरिवारलाई समेत बाल्टीमा भरिएको राहत सामग्री वितरण गरिसकेको उहाले बताइन् ।  त्यसैगरी नेपाली काग्रेस ३ नम्बर क्षेत्रीय समिति र भद्रपुर नगर समितिले भद्रपुर ३ स्थित हातीमारा र नयाबस्तीका एक सय २० बाढीपिडित घरपरिवारलाई खाद्यन्न सामग्री वितरण गरेका छन ।

यस पटकको तीज बाढीपिडितलाई राहत, धन्यवाद छ सहयोगि हातहरु भन्दै नेपाल महिला संघले भद्रपुर ३ स्थित मेचीपारीका एक सय ४८ र भैसाबाडीका एक सय ३३ बाढीपिडित घरपरिवारलाई राहत स्वरुप खाद्यन्न सामग्री वितरण गरिएको संघका शर्मिला अधिकारीले जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर