Aamsanchar

त्रिषालाई आईएमई आकांक्षा छात्रवृत्ति प्रदान

Author Image
बुधवार, भदौ ७, २०७४

भद्रपुर।

विद्यार्थीको उज्जवल भविष्यमा सहयोग पु¥याउने उदेश्यले आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति संचालनमा ल्याएको थियो ।

सञ्चालनमा ल्याएको छात्रवृत्ति अन्तर्गत कक्षा एक देखि ११ सम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार तथा मेहनती विद्यार्थीलाई विद्यालयले सिफारीस गरेको आवेदनका आधारमा आईएमई र ग्लोबल आईएमई बैंकले छात्रवृति वितरण कार्यलाई व्यवस्थापन गरेको बताइएको छ ।

दश लाख रुपैयाको कोष स्थापना गरिएकोमा प्रत्येक शैक्षिक सत्रमा देशभरीबाट एक सय जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ । यसैक्रममा मेची अञ्चलवाट एक सय जनाको आवेदन परेको मध्ये २१ जनालाई आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति पुरस्कार वितरण गरिएको आईएमई मेची अञ्चल प्रमुख रमेश बुढाथोकीले जानकारी दिनुभयो ।

छनौटमा परेका २१ जना विद्यार्थीमध्ये भद्रपुर स्थित एमरेल्ड एकेडेमीमा अध्ययनरत कक्षा ४ का छात्रा त्रिषा भद्रलाई छात्रवृत्ति स्वरुप बुधवार एक कार्यक्रमका बिच १० हजारको चेकसहित प्रमाणपत्र वितरण गरेका छन् ।

कार्यक्रममा एमरेल्ड एकाडेमीका संस्थापक प्रिन्सिपल प्राडा पृथ्वीविक्रम राई, मेची अञ्चल प्रमुख रमेश बुढाथोकी, गगन सिटौला, ग्लोबल आईएमई बैंक विर्तामोड प्रमुख पवन पौडेल, रिता इन्टरप्राईजेजका संचालक कृष्ण तुलाधर, आरसी हाउसका संचालक सरिना श्रेष्ठ, बन्दना टेडर्सका हरि कोईराला लगायतको उपस्थिति रहेको थियो ।

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर