बिर्तामोड।
बाढीबाट पीडित झापा बाह्रदशी गाउँपालिका–६ का बाढीपीडित परिवारलाई लक्षित गर्दै एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
कञ्चनगड एजुकेशन फाउण्डेशनको आयोजना तथा उपस्वास्थ्यचौकी डाँगीबारीको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा तीन सय २५ जनाको स्वास्थ्य परीक्षण गरिनुका साथै एक लाखभन्दा बढीको औषधि वितरण गरिएको संस्थापक सदस्य भक्ति पनेरुले जानकारी दिए ।
यसैबीच झापाका बाढीपीडिहरुको सहयोगार्थ मारवाडी सेवा समिति काठमाडौंले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । यसैक्रममा झापा गाउँपालिका कुवाडी देवी माविमा रहेका बाढीपीडित परिवारका लागि सञ्चालित स्वास्थ्य शिविरमा चार सय जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरको प्राविधिक सहयोग बीएण्डसी हस्पिटलले गरेको थियो ।
त्यस्तै सोही स्थानमा बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा दुई सयजनाको आँखा परीक्षण गर्नुका साथै दश जनामा मोतियाविन्दु भेटिएकाले निःशुल्क शल्यक्रिया गरिने मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरले जानकारी दिए ।