Aamsanchar

सहारा नेपाल साकोस बाढी पिडित कोषले सयौं समक्ष राहत वितरण गर्दै

Author Image
बिहिवार, भदौ ८, २०७४

चारपाने, भदौ ८ ।  तराई क्षेत्रमा आएको बाढी र डुवानबाट विस्तापित तथा मृत्युभएका परिवारकालाई सहयोग गर्न विर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २५ लाख रुपैँया कोषमा जम्मागरी अन्य संघ संस्थाको सहकार्यमा १ करोडको रहात कोष बनाएर झापा, मोरङ र सुनसरीका वास्तिवक बाढी पिडित समक्ष राहत उपलब्ध गराउन स्थापना गरेको सहारा बाढी पिडित राहतकोषले बाढी प्रभावित क्षेत्रमा राहात उपलब्ध गराउन सुरु गरेको छ ।

जिल्ला दैवि प्रकोप उद्धार समितिसगको समन्वयमा गरिने राहत वितरणकार्य हालसम्म झापाको गौरीगंज गाउँपालिकाका १४८ कनकाई नगरपालिका १०१, झापा गाउँपालिका ५२०,शिवसताक्षी नगरपालिकामा १५८, गौरादह नगरपालिकामा ५१ त्यसैगरी मोरङ बिराटनगर सेवाकेन्द्र अन्तरगत २६८, तेतरीयामा ५१, पुष्पलाल चोकमा २२७, कटहरीका ३०० गरी १८ सय घर परिवार र गोठगाउँका ३ सय र झापा गाउपालिकाका १३२० पिडित व्यक्तिलाई कोष खाना खुवाएको छ ।

बाढी संगै बनेको दुषिद वातावरणका कारण महामारी हैजा ज्वरोका कारण जनजिवन अझ कष्टकर बन्न थालेको अवस्थालाई मध्य नजरगरी कोषले केचना, घेराबारीमा स्वास्थ्य शिविर संचालन गरेको थियो । शिविरमा प्रविधिक सहयोग विर्तामोड स्थित वि एण्ड सी हस्पिटलले गरेको सहारा साकोसका सोम तिम्सिनाले बताए ।

एक साता अघि सहारा नेपाल बचत तथा ऋण सहकारीले संस्थाको सामाजिक उत्तरदायित्व कोष अन्तरगतवाट २५ लाख छुट्याएर खडा गरिएको राहत कोषलाई एक करोडको बनाउने लक्ष्य राखेर साहरा नेपाल सकोसले आम समक्ष राहत कार्यमा आर्थिक सहयोग गर्न आवहान गरेको थियो। अहिले विभन्न व्यक्ति र संस्थाहरुले कोषमा रकम जम्मा गर्नेकार्य गरिरहेको बताईएको छ । हाल सम्ममा गैर आबासीय नेपाली संघ , मेड्रिड (स्पेन) वाट २ लाख, जगदम्बा टिभिएस अटो टेम्पु विर्तामोडवाट १ लाख र सहारा अटोमोवाईल्स प्रालिले १ लाख र सर्वसाधारण नागरिक वाट गरि कोषमा ३० लाख रकम जम्मा भई सकेको र राहत कोषवाट हाल सम्म करिव १५ लाख रुपैया बरावरको चामल, चिउरा, तेल, चिनी नुन, दाल लगायतका अतिआवसेक उपभोग्य बस्तु पहिलो चरणमा राहत सामाग्री वितरण गरिसकिएको र अव केहीदिनमा ५ सय जना पिडित विद्यार्थीहलाई शैक्षिक सामाग्री र १ सय घरबार विस्तावित परिवारलाई २ बन्डलका दरले जस्तापाता वितरण गरिने साहारा नेपाल साकोसका प्रवन्धक निर्देशक महेन्द्र गिरीले जानकारी दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर