झापा।

झापाको शिवसताक्षी– १०मा कन्काई नदीले बगाउँदा बिहीवार एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा दमक नगरपालिका–२ भाङ्बारीका ४१ बर्षीय विष्णु दुलाल रहेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए ।
दुलाल आफ्नै ९३ वर्षीया फुपू विष्णु माया दंगालको मृत्यु भएपछि अन्तिम दाह संस्कारका लागि कन्काई नदीमा मलामी गएका थिए । उनलाई कन्काई नदीको पुल दक्षिणबाट करिब साढे बाह्र बजे खोलाले बगाएको थियो ।
करिब ५ मिटर दक्षिणबाट प्रहरी चौकी माईधारका प्रहरीले दुलालको उद्धार गरेका थिए । उद्धार गरिएका दुलालको उपचारकै क्रममा दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Views: 218

