Aamsanchar

कनकाई वनमा दुई प्यानलको प्रतिष्पर्धा

Author Image
शुक्रवार, भदौ ९, २०७४

बिर्तामोड।

शनिबार हुने कनकाई सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा दुईवटा प्यानल प्रतिष्पर्धा गर्दैछन् । नारायणप्रसाद ओलीको नेतृत्वमा साझा स्वतन्त्र उम्मेदवारहरुको प्यानल चुनावी मैदानमा उत्रिएको छ भने खेम ओलीको नेतृत्वमा संयुक्त प्यानल चुनावी मैदानमा उत्रिएको छ । दुबै वामपन्थी उम्मेदवारहरु हुन् ।
साझा स्वतन्त्र प्यानलका उम्मेदवारहरुमा अध्यक्ष नारायणप्रसाद ओली, उपाध्यक्ष टंकप्रसाद सुवेदी, सचिव अम्बिका चापागाई, सहसचिव श्रीप्रसाद खरेल र कोषाध्यक्ष सुरेशकुमार गुरुङ रहेका छन् ।
त्यस्तै संयुक्त प्यानलका उम्मेदवारहरुमा अध्यक्ष खेम ओली, उपाध्यक्ष ललित कार्की, सचिव मान्ता काफ्ले खरेल, सहसचिव खड्गकुमार र कोषाध्यक्ष प्रकाश थापा रहेका छन् । उपभोक्ताहरुको अधिकार संरक्षण, वनको समुचित विकास र सामुदायिक वनको अवधारणा अनुसार वन ऐन, वन नियमावली र वन निर्देशका तथा समूहको विधान र कार्ययोजनालाई अक्षरशः पालना गरी विधिसम्मत ढंगबाट सामुदायिक वनको व्यवस्थापन तथा सञ्चालन गर्ने प्रतिबद्धताका साथ चुनावी मैदानमा उत्रिएको साझा स्वतन्त्र प्यानलका अध्यक्षका उम्मेदवार नारायणप्रसाद ओलीले बताए । उनले आफ्ना २१ बुँदे प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेका छन् ।
प्रतिबद्धता पत्रमा माटो सुहाउँदो वृक्षरोपण गरी वनको हैसियत सुधार गर्ने, वन पैदावारको उपलब्धता र आवश्यकता हेरी वितरणको बैज्ञानिक नीति निर्माण गर्ने, माटो सुहाउँदो जडीबुटी र अन्य वनस्पति लगाई आय बृद्धि गर्ने, सामुदायिक भवनको निर्माण गर्ने, वनपथको पुनःनिर्माण र स्तरोन्नति गर्ने, सामुदायिक वनलाई स्वच्छ, सफा राख्न फोहरमैला वन क्षेत्रमा विसर्जन गर्न रोक लगाउने, कनकाई सामुदायिक वनलाई पर्या–पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै लैजाने, वन क्षेत्रमा घेराबारको उचित व्यवस्थापन गर्ने, कनकाई नदी नियन्त्रण तथा भू–क्षय न्यूनीकरण गर्ने, वन पैदावारसँग सम्बन्धित उद्योग सञ्चालन गर्ने, नियमित नर्सरीको व्यवस्थापन गरी सामुदायिक वन क्षेत्र र बाहिरका उपभोक्ताहरु समेतलाई वृक्षरोपण गर्न प्रोत्साहित गर्ने, वन्यजन्तुहरुको संरक्षण र सम्बद्र्धन गर्ने लगायत रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर