राजविराज।
प्रा डा गोविन्द केसीले सप्तरीका करिब एक हजार बाढीपीडित बिरामीको आज निःशुल्क स्वास्थ्य उपचार गर्नुभएको छ ।
कञ्चनरुप नगरपालिका–६ स्थित धर्मपुरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा डा केसीसहितको चिकित्सकको एक टोलीले एक हजार बाढीपीडितको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेको हो ।
सो अवसरमा डा केसीले बाढीग्रस्त क्षेत्रका करिब ७५५ पीडित परिवारलाई खाद्यान्न, लताकपडा, मञ्जन, ब्रस र साबुनलगायत राहत सामग्री वितरण गर्नुभएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 107