Aamsanchar

एमालेको प्रादेशिक भेला राजपाका कार्यकर्ताले घेरे, प्रहरीसँग झडप, ६ जना घाइते

Author Image
मङ्गलवार, भदौ १३, २०७४

जनकपुर,

जनकपुरको पिडारीचोकमा नेकपा एमाले प्रदेश नम्बर २ को चुनावी भेला स्थल अगाडि राजपा नेपालका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यमा हुन लागेको भेला अगाडि राजपाले एमाले मधेश विरोधी पार्टी भएको भन्दै विरोधमा उत्रिएपछि प्रहरीसँग झडप भएको हो ।झडपको क्रममा प्रहरीको लाठी प्रहारबाट राजपाका ६ जना कार्यकर्ता घाइते भएका छन् ।

अहिले एमालेको भेला स्थल प्रहरीले घेराउ गरि कार्यक्रम गरिरहेको छ । तनाव  बढेको छ।  प्रहरीले सुरक्षा व्यवस्था कडा गरेको छ । राजपाका नेता कार्यकर्ता टायर बालेर सडक अवरुद्ध गरेका छन् ।  -शैलेन्द्र महतो/उज्यालो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर