Aamsanchar

लिम्बुवानले ग¥यो दुई नेतालाई कारवाही

Author Image
बुधवार, भदौ १४, २०७४

बिर्तामोड।

पार्टी परित्याग घोषणा गरेकै भोलिपल्ट संघीय लिम्बुवान मञ्च झापाले दुईजना नेतालाई कारवाही गरेको छ । पार्टीका केन्द्रीय नेतासहित २२ जनाले एकैपटक पार्टी परित्याग गरेपछि मञ्चले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै अर्थ सचिव उमेश उपरकोटी र प्रथम सचिव गौरीमान राईलाई कारवाही गरेको जनाएको हो । उनीहरुले सोमवार पार्टी परित्यागको घोषणा गरेका थिए ।
अर्थसचिव उपरकोटी र प्रथम सचिव राईले पार्टीको झापा जिल्ला पाँचौ अधिवेशनको समयमा आर्थिक समितिमा रहँदा चरम आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ ।

उनीहरुलाई हिसाबकिताव बुझाउन पार्टीले पटक–पटक आग्रह गर्दा समेत अटेर गरी हिसाव किताव नबुझाई दायित्वबाट पन्छिन पार्टी परित्याग गरेको संघीय लिम्बुवान मञ्च झापा अध्यक्ष धनबहादुर पङ्धाकले दावी गरे । सोमवार पार्टी परित्याग गर्ने २२ जना सवै आफ्ना नेता तथा कार्यकर्ता नभएको अध्यक्ष पङ्धाकले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर