Aamsanchar

फकाउन घरमै पुग्छन् मानव तस्कर

Author Image
शनिवार, भदौ १७, २०७४

राजन ठटाल, 
काँकरभिट्टा।

वैदेशिक रोजगारीका लागि भन्दै भारतको मुम्वई पु¥याउने गिरोहले आफूहरुलाई गाउँमै पुगेर फकाउने गरेको पाँचथरकी एक महिलाले बताएकी छिन् ।
झापाको काँकरभिट्टामा रहेको बिश्व सेवा बिस्तार संस्थामा उद्धार गरेर राखिएकी ती महिलाले आफूहरुलाई फकाउन महिलाहरु नै जाने गरेको र विदेशमा आकर्षक कमाइ हुने भन्दै प्रलोभनमा पार्ने गरेको बताइन् । आफूलाई पनि ४२ वर्षीय स्थानीय पवित्रा लिम्बूले फकाएर दलालको जिम्मा लगाउँदै मुम्वई पठाएको उनले बताइन्् ।
भारपा–२ निवासी ती महिलाले शुरुमा आफूलाई बिर्तामोडमा ल्याएर राखेको र काँकरभिट्टा हुँदै भारत लान खोज्दा पवित्रा भागेपछि आफूलाई शंका लागेर खोजी गर्दा उनीहरुको पञ्जाबाट फुत्कन सकेको बताइन् । उनीसँगै आएकी अर्की एक महिलालाई भने सो गिरोहले काँकरभिट्टा नाका हुँदै भारत पु¥याएको बताएकी छिन् । गतविहीवार ती महिलालाई बिर्तामोडमा ल्याएर राखिएको थियो ।

उनलाई विर्तामोड ल्याउने गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसअघि सोही गिरोहले पाँच जना महिलालाई आफूलाई जस्तै प्रलोभनमा पारेर भारत पठाएको र उनीहरु फर्किएर नआएको उनले बताइन् ।

Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर