Aamsanchar

गाउँपालिकाको नाम परिवर्तन हुने

Author Image
आइतवार, भदौ १८, २०७४

धनकुटा,

धनकुटाको खाल्सा छिन्ताङ सहीदभूभि गाउँपालिकाको नाम परिवर्तन गरिने भएको छ । गाउँकार्यपालिकाले नाम परिवर्तनका लागि गरेको प्रस्तावलाई प्रथम गाउँसभाले अनुमोदन गरेको हो ।

लामो नाम भएकाले बोल्न र लेख्न झन्झटिलो भएको भन्दै गुनासो बढेपछि छोट्याएर ‘सहिदभूमि’ गाउँपालिका बनाउने निर्णय भएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिनुभयोे ।

गाउँसभाको निर्णयलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाएपछि गाउँपालिकाको नाम परिवर्तनले पूर्णता पाउनेछ ।

Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर