Aamsanchar

डेरी उद्योगको निरीक्षण

Author Image
बिहिवार, भदौ २२, २०७४

अर्जुनधारा।

झापाको अर्जुनधारा–८ मा निर्माणाधीन पूर्वाद्र्ध डेरी उद्योगको कृषि विकास राज्यमन्त्री सरीता प्रसाईंले अनुगमन तथा निरीक्षण गरेकी छिन् ।
अनुगमन तथा निरीक्षण टोलीमा राज्यमन्त्री प्रसाईंसँगै कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्की, राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रभू बुढाथोकी, क्षेत्रीय कृषि निर्देशक हस्तबहादुर बिष्ट लगायतको सहभागिता रहेको थियो ।
नेपाल सरकार कृषि विकास मन्त्रालय, व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) विश्व बैंकको सहयोगमा सञ्चालित दूग्ध प्रशोधन केन्द्र उपआयोजना अन्तर्गत सञ्चालन हुन लागेको उद्योगको विषयमा उपआयोजनाका अध्यक्ष कमल भण्डारीले जानकारी गराएका थिए ।
२ करोड ४३ हजार ५ सय ६७ रुपैयाँको लागत रहेको सो उद्योगको हाल भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न भई मेसिनरी तथा औजार जडान कार्य बाँकी रहेको छ ।
दूग्ध उत्पादन व्यवसाय सम्बद्र्धन गर्ने उद्देश्यले स्थापना हुन लागेको सो उद्योगबाट अर्जुनधारा ब्राण्डको दूध तथा दही उत्पादन हुने बताइएको छ ।
सो उद्योग आगामी असोज १ गतेदेखि सञ्चालनमा आउने अध्यक्ष भण्डारीले जानकारी दिए ।

Views: 60

प्रतिक्रिया (०)