Aamsanchar

महेन्द्ररत्न माविको अध्यक्षमा खड्का

Author Image
बिहिवार, भदौ २२, २०७४

बिर्तामोड।

महेन्द्ररत्न मावि अनारमनी बिर्तामोड–३ को व्यवस्थापन समितिको अध्यक्षमा लक्ष्मण खड्का चयन भएका छन् ।भदौ १६ गतेदेखि शुरु भएको निर्वाचन प्रक्रिया अनुसार मंगलबार भएको समितिको बैठकले युवा सामाजिक अभियन्ता खड्कालाई अध्यक्षमा चयन गरेको हो ।
खड्का यसअघि सोही विद्यालयको नवनिर्मित ६२ लाखे भवनको निर्माण समितिका अध्यक्षका रुपमा कार्यरत थिए । माध्यमिक तहको शिक्षा सोही विद्यालयबाट हासिल गरेका शालिन, शिक्षित, लगनशील र परिश्रमी युवा अभियन्ताका रुपमा परिचित छन् ।
शिक्षा ऐन र प्रावधान अनुसार भदौ १८ गते भएको निर्वाचनमा मनोनयन दिएका मध्ये आवश्यक संख्याभन्दा बढीले मनोनयन फिर्ता लिएपछि चारजना सर्वसम्मत चयन भएका थिए ।
प्रधानाध्यापक मनबहादुर लिम्बू सदस्य सचिव तथा वडा अध्यक्ष भोजराज सिटौला पदेन सदस्य रहेको समितिमा पर्शुराम शिवाकोटी, डम्बरकुमारी इङ्नाम कन्दङ्वा, पार्वता कार्की र श्रीप्रसाद सिटौला अभिभावकका तर्फबट सर्वसम्मत भएका थिए ।
सो बैठकले चन्दादाताका तर्फबाट धनमती राजवंशी र शिक्षासेवीका तर्फबाट लक्ष्मण खड्कालाई चयन गरेको थियो भने शिक्षक प्रतिनिधिमा नेत्र खरेल रहेका छन् ।

Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर