Aamsanchar

मोहनमाया माध्यमिक विद्ययालयको स्वर्ण महोत्सव आयोजक समितिमा १५१ जना चयन हुने

Author Image
बिहिवार, भदौ २२, २०७४

विनोद पाण्डे (कमल)
२२ भदौ, चारपाने। झापा जिल्लामै शैशिक गतिविधी उच्च बनाउदै जिल्लामा उत्कृठता हाशिल गरेको  नमुना विध्यालयको रुपमा परिचत विर्तामोड २ चारपानेमा रहेको श्री मोहनमाया माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष पूरा भएको उपलक्ष्यमा स्वर्ण बार्षिकोत्सव  विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ ।
स्वर्ण महोत्सव बर्ष  कार्यक्रमको रुपमा विद्यालय र अन्तर विद्यालयमा गरी विभिन्न कार्यक्रम आयोजना गर्दै   आगामी पौष  १६ गते  भव्य समारोह  आयोजना गरेर   विद्यालयले स्वर्णमहोत्सव बर्ष मनाउने कार्यक्रम अनुसार विहिवार विद्यालय प्राङगणमा आयोजित स्वर्ण महोत्सव पूर्व तयारी आमभेला  सम्पन्न भएको  छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण राजवंशीको सभापतित्व र विर्तामोड नगरपालिका वडा नं. २ का अध्यक्ष नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यमा भएको भेलाले स्वर्ण महोत्सव मुल आयोजक समिति र उपसमिति गठन समेत गरेको छ ।
गठित समितिमा मुल समिति संयोजकमा नारायण राजवंशी, सहसंयोजक उपेन्द्र पराजुली, आर्थिक उपसमिति संयोजक देविप्रसाद गिरी, स्मारिका प्रकाशन संयोजक डम्बरबहादुर बस्नेत, स्वागत द्वार मञ्च निर्माण संयोजक पशुपती राजवंशी, स्वर्ण स्तम्भ निर्माण संयोजक शुशिलबाबु श्रेष्ठ, प्रचार प्रसार संयोजक शेरबहादुर श्रेष्ठ, स्वंमसेवक परिचालन संयोजक तारा भट्टराई, महिला परिचालन संयोजक सीता गौतम, स्वगात तथा सम्मान समिति संयोजक डिल्लीराम सिटौला, जनसम्र्पक संयोजक प्रेमप्रकास शिटौला, सल्लाहकार संयोजक  वडा अध्यक्ष नगेन्द्रप्रसाद संग्रौला रहनु भएको छ ।
विद्यालयको सेवा क्षेत्र र सम्पूर्ण सरोकारवाला, स्थानिय समाजसेवी, युवाहरुलाई समितिमा समावेस गराई १ सय ५१ जनाको मुल आयोजक समिति गठन गरिने र उक्त  समितिमा रहेर विद्यालयले मनाउन लागेको स्वर्ण महोत्सव कार्यक्रमलाई भव्यता प्रदान गराउन सबैमा  अध्यक्ष राजवंशीले अनुरोध गरे ।
कार्यक्रमको औचित्य माथि प्रकास  प्रधानाध्यापक शेरबहादुर श्रेष्ठ र कार्यक्रमको संचालन शिक्षक भवानी राजवशीले गरेका थिए ।
Views: 328

प्रतिक्रिया (०)

सम्बन्धित खबर