Aamsanchar

‘मैले लिम्बुवान छोडेको छैन’

Author Image
शुक्रवार, भदौ २३, २०७४

बिर्तामोड।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालका सचिवालय सदस्य बलबहादुर याम्फु राई आफूले पार्टी परित्याग नगरेको बताएका छन् ।
बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन् । आफूलाई कार्यक्रममा सुनियोजित ढंगबाट उपस्थित गराएको र पार्टी छोडेको भन्दै अनर्गल प्रचार गरिएको उनले बताए । आफू संघीय लिम्बुवान मञ्च नेपालमै रहेको र अन्य कुनै पार्टीमा समेत प्रवेश नगरेको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।
आफू सोही पार्टीमा रहेको र लिम्बुवान भूमि प्राप्तिका लागि आफू निरन्तर रुपमा लडिरहने प्रतिबद्धता समेत विज्ञप्तिमार्फत उनले जाहेर गरेका छन् ।

Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर