Aamsanchar

कनकाई क्याम्पसमा उत्कृष्ट विद्यार्थी सम्मानित

Author Image
आइतवार, भदौ २५, २०७४

सुरुङ्गा।

कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा हालै सार्वजनिक भएको नतिजा अनुसार कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डद्वारा २०७४ सालमा सञ्चालित कक्षा १२ को परीक्षामा उक्त क्याम्पसबाट सामेल विद्यार्थीमध्ये ८ जना प्रथम श्रेणीसहित १ सय ५ जना विद्यार्थी उत्तीर्ण भएका थिए । कार्यक्रममा प्रथम श्रेणीमा उत्तीर्ण भएका दिप्सन पाठक, गंगा सापकोटा, प्रकाश भण्डारी, मञ्जुश्री रिजाल, खड्ग सिटौला, अनिल तामाङ, रेखा भुजेल, बुद्धिराज रेग्मीसहित उत्तीर्ण सबै विद्यार्थीलाई बधाईसहित सम्मान गरिएको थियो ।
क्याम्पसका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख उपप्राध्यापक रूद्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख सहप्राध्यापक टंकबहादुर कार्कीले गुणस्तरीय शिक्षाको अब्बल गन्तब्यका रुपमा कनकाई क्याम्पस विकास हुँदै गएको दाबी गरे ।

विभागीय प्रमुखहरु तुलसी कार्की, हरिप्रसाद तिम्सिना, विष्णुप्रसाद कोइराला, ठाकुरप्रसाद रसाइली, अनेरास्ववियु क्याम्पस अध्यक्ष नविन राई, अतिरिक्त क्रियाकलाप विभाग विद्यार्थी संयोजक लक्ष्मण चौहान, कनकाई अंग्रेजी भाषा समाजका अध्यक्ष मिलन बस्नेतसहितको उपस्थितिमा भएको कार्यक्रममा क्यूएए फोकल पर्सन विकासप्रसाद उप्रेतीले निकट भविष्यमा क्यूएए प्राप्त गर्ने दिशामा क्याम्पस लागीरहेको बताए ।
कार्यक्रममा प्रथम विद्यार्थी दिप्सन पाठक, शिक्षा विभाग प्रमुख आशा शर्मा शिवाकोटी लगायतले मन्तव्य राखेका थिए । सहायक क्याम्पस प्रमुख देवेन्द्रकुमार राईको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन अर्का सहायक क्याम्पस प्रमुख शेरबहादुर बानियाँले गरेका थिए ।

Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर