Aamsanchar

गाउँपालिका र विमानस्थल जोड्ने सडक निर्माण सुरु

Author Image
आइतवार, भदौ २५, २०७४

खोटाङ,

खोटाङको दिप्रुङ गाउँपालिकाले गाउँपालिका र खानीडाँडा विमानस्थल जोड्ने सडक निर्माण सुरु गरेको छ ।

दिप्रुङ गाउँपालिका–१ याम्खा र रुपाकोट मझुवागढी नगरपालिकाको खानीडाँडा विमानस्थल जोड्ने १५ किलोमिटर लामो सडक निर्माण सुरु गरिएको हो ।

सडक विभागको आर्थिक सहयोगमा दुई वर्षअघि डिपिआर तयार पारिएको सडक गाउँपालिकाभित्रका विरामीलाई खानीडाँडा विमानस्थल हुँदै सुविधा सम्पन्न अस्पताल पुर्‍याउनका लागि समेत उपयोगी हुने गाउँपालिका  प्रमुख भूपेन्द्र राईले बताउनुभयो ।

सडक विभागको ६ लाख अनुदानमा गत वर्ष खानीडाँडातर्फबाट ट्र्याक खोल्न सुरु गरिएको सडकका लागि गाउँपालिकाको केही समयअघि सम्पन्न गाउँसभाले ७५ लाख वजेट विनियोजन गरेको छ । सडक विभागबाट प्राप्त ८ लाख बजेटले कालेपत्रे गर्ने लक्ष्यकासाथ याम्खा–खानीडाँडा सडकको डिपिआर तयार पारिएको थियो ।

Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर