अर्जुनधारा।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अञ्चल, जिल्ला, क्षेत्र र नगरतहका नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेस पार्टीमा प्रवेस गरेका छन् ।
नेपाली कांग्रेस झापाद्वारा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनीहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका हुन् ।कांग्रेसमा प्रवेश गर्ने नवप्रवेसीहरुमा किसान संघ अञ्चलका नेता रामलाल कडरीया, जिल्ला सदस्यद्वय रतन अधिकारी र शिव कटुवाल, क्षेत्र नम्बर ५ का अध्यक्ष भीम कार्की, क्षेत्र नम्बर ४ का उपाध्यक्ष हरि खड्का, नेपाल शिक्षक परिषद् झापाका पूर्व अध्यक्ष पुण्यप्रसाद उप्रेती लगायत १ सय २७ जना रहेको कांग्रेस झापाका सचिव लक्ष्मण खड्काले जानकारी दिए ।
नवप्रवेसीहरुलाई प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा लगायतले अविर र माला लगाई पार्टीको सदस्यता पत्र प्रदान गरेका थिए ।
कांग्रेस झापाका सभापति थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत सांसद सुधीरकुमार शिवाकोटीले र कार्यक्रमको सञ्चालन सचिव खड्काले गरेका थिए ।

