Aamsanchar

पोल भाचिँदा टेलिफोन अवरुद्ध

Author Image
शुक्रवार, भदौ ३०, २०७४

बिर्तामोड।

प्रमुख व्यापारिक केन्द्र बिर्तामोड नगरभित्रै सञ्चार सेवाको जिम्मेवारी बोकेको दूरसञ्चार संस्थानले सम्पर्क विच्छेद भएको दुई दिन वितिसक्दा पनि सेवा सुचारु गरेको छैन ।
अतिथि सदन उत्तर मूल सडकमा नै ट्रकले टेलिफोनको पोल भाँचेपछि बिच्छेद भएको सञ्चार सेवा तत्काल क्षतिपूर्ति दिने सहमति भए पनि दुरसञ्चारले चासो नदिँदा सञ्चार सेवा सुचारु हुन नसकेको हो ।
वुधवार टेलिफोनको पोल ट्रकले भाँचेपछि तत्काल दुरसञ्चारलाई खबर गरिएको थियो । दुरसञ्चारसँगै प्रहरी पनि घटनास्थल आएर दुवैपक्षबीच पोल मर्मत गर्ने र सेवा सुचारु गर्ने सहमति भएको थियो ।

तर, घटनाको दुई दिन बितिसक्दा पनि दुरसञ्चारले पुनः निर्माणको पहल नगर्दा सो ठाउँमा दुर्घटनाको जोखिम बढेको छ । टेलिफोनको पोल भाँचिदा विजुलीको पोल समेत बाङ्गिएकाले कुनै ठूलो सवारी गएको खण्डमा बिजुलीको पोल समेत भाँचिने खतरा रहेको स्थानीय गंगा न्यौपानेले बताएका छन् ।

Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर