Aamsanchar

महानन्द सडकको स्तरोन्नति

Author Image
आइतवार, असोज १, २०७४

बिर्तामोड।

धाइजन, सरेडाँगी हुँदै शान्तिपूरा जोड्ने महानन्द सडकको स्तरोन्नति भएपछि त्यस क्षेत्रका सर्वसाधारण हर्षित बनेका छन् ।
हिँउदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने सडकका कारण सास्ती खेप्दै आएका त्यहाँका बासिन्दा सडकको स्तरोन्नतिसँगै हर्षित बनेका हुन् । लामो समयदेखि स्तरोन्नति हुन नसकेको सडक नेकपा माओवादी केन्द्रका युवा नेता सीपी कडरियाको पहलमा बजेट विनियोजन भएपछि सडकको स्तरोन्नति भएको हो । सडकको स्तरोन्नतिका लागि अर्थ मन्त्रालयबाट ४५ लाख रुपैयाँ बजेट निकासा भएको थियो ।
सोही बजेटबाट सडकको स्तरोन्नति भएको हो । सडक डिभिजन कार्यालय दमकले सडकको स्तरोन्नतिका लागि ठेक्का लगाएको थियो । पार्टीका जनपरिषद् तथा विकास निर्माण प्रमुखको जिम्मेवारी सम्हालेका कडरियाले यस अघि झापाका १७ वटा सडकको स्तरोन्नतिका लागि ५ करोड रुपैयाँ झापा भित्र्याएका थिए । वुद्धशान्ति गाउँपालिका–३ स्थित कञ्चनवारीमा शनिवार आयोजित एक कार्यक्रमकाबीच सडकको उद्घाटन गरिएको छ ।
त्यस अवसरमा सडकको स्तरोन्नति कार्यमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै कडरियालाई सम्मान समेत गरिएको थियो । छत्र विष्टको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै समाजसेवी प्रेम नेम्वाङले सडकको स्तरोन्नतिसँगै यस क्षेत्रका सर्वसाधारणले झेल्दै आएको सास्तीबाट मुक्ति मिलेको बताए ।
यसैबीच सोही ठाउँमा ॐकारेश्वर महिला सामुदायिक भवनको समेत शिलान्यास गरिएको छ । सो भवनको शिलान्यास कडरियाले नै गरेका छन् । कडरियाले उक्त भवन निर्माणका लागि बजेट निकासाका लागि पहल गर्ने प्रतिवद्धता समेत गरे ।

Views: 136

प्रतिक्रिया (०)