कालिकोट,

कर्णाली मावि खिनका शिक्षक कर्मदेव शाहको मलामी गएका शिक्षक अझै फर्किएका छैनन् ।

विद्यालयमा शिक्षक नआएपछि विद्यार्थीसमेत आउन छाडेको विद्यालय लेखापाल पर्मराज बमले बताउनुभयो । दसैँ नजिकै आएकाले शिक्षक मलामीको बहाना घर गएका हुन् । कक्षा ९ र १० का विद्यार्थीले अर्थशास्त्रको किताब पाएका छैनन् ।

पलाता गाउँपालिकाका अधिकाशं विद्यालयमा पाठ्यपुस्तक अभावसँगै शिक्षकहरु दसैँ बिदाका लागि घर गएका छन् । शाहको भाद्र २३ गते उपचारका लागि घर जाने क्रममा पलाता ७ को बयालडाडामा ज्यान गएको थियो ।

Views: 129

