Aamsanchar

बैद्यले प्रचण्डलाई भने – कांग्रेससँग पार्टी एकता गर्नुस्

Author Image
आइतवार, असोज १, २०७४

रुपन्देही,

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरणले नेपाली कांग्रेससँग पार्टि एकता गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इृ सुझाव दिनुभएको छ ।

क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले शनिबर बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बामपन्थीसँगभन्दा कांग्रेससँग एजेण्डा मिल्न थालेकाले कांग्रेससँगकै एकता प्रचण्डका लागि लाभदायक हुने बताउनु भएको हो ।

प्रचण्ड कम्युनिष्ट हुन नसके पनि कम्युनिष्ट भएको नाटक गर्न सिपालु रहेको बैद्यको आरोप थियो । कांग्रेस, एमाले र माओवादी केन्द्रको तीन दलिए सिण्डिकेटका कारण मुलुकमा लोकतान्त्रिक पद्धतिको उपहास भइरहेको भन्दै अध्यक्ष बैद्यले स्थानीय चुनाव जस्तै प्रदेश र प्रतिनिधिसभाको चुनाव आफ्नो पार्टीले एक्लै सामना गर्ने बताउनु भयो ।

नीति र सिद्धान्त मिल्न सक्ने बाम शक्तिबिच एकताको पहल भइरहेको र त्यो सकारात्मक दिशातर्फ उन्मुख रहेको उहाँले बताउनु भयो । ‘बामपन्थीहरु बिग्रिएकै कारण मुलुक गतिहिन भइरहेको छ । बामशक्तिहरु मिल्नुको बिकल्प छैन’ उहाँले भन्नुभयो । असोजमा हुने पार्टीको महाधिबेसनले परिबर्तनको नयाँ कार्यदिशा चयन गर्ने अध्यक्ष बैद्यको भनाई छ ।

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर