Aamsanchar

मतदान गर्न आमाको अन्तिम संस्कार पनि रोकियो

Author Image
मङ्गलवार, असोज ३, २०७४

गौशाला,

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–६ मा एक परिवारले सोमबार स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि आमाको अन्तिम संस्कार पनि रोकेको छ ।

जलेश्वर–६ बस्ने नरेश महरा र उनका १२ जनाको परिवारले भोट हाल्नकै लागि सोमबार उनकी आमाको अन्तिम संस्कार नगरेको स्थानीय गणेश साहले बताउनुभयो ।

करिब २० वर्षपछि महापर्वकै रुपमा आएको स्थानीय तहको निर्वाचनमा भाग लिनैपर्छ भन्दै सोमबार बिहान उनकी ४९ वर्षीया आमा गेनो देवीको मृत्यु भएपनि उनी र उनका परिवारजनले सोमबार उनको अन्तिम संस्कार गरेनन् ।

सोमबार बिहान मतदान शुरु हुनुभन्दा अगाडि नै नरेशकी आमाको मृत्यु भएको थियो तर उनी र उनका परिवारका सबैले स्थानीय तहको निर्वाचनमा मतदान गर्ने र आज बिहान मात्र आमाको अन्तिम संस्कार गर्ने भन्दै अन्तिम संस्कार गरेनन् ।

आमाको मृत्युभएको अवस्थामा पनि नरेश र उनका परिवारका १२ जना सदस्यले सोमबार दिनभरि लाइन लागेर स्थानीय राष्ट्रिय प्राथमिक विद्यालय धबौलीमा स्थानीय तहको निर्वाचनमा मतदान गरेका थिए ।

Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर